दफा १००
मिसिल पठाउने
(१) समरी सैनिक अदालत बाहेक अन्य सैनिक अदालतबाट मुद्दाकोvपुर्पक्ष, कारबाही र किनारा समाप्त भएपछि निर्णय सहितको मिसिल प्राड विवाक पठाउनु पर्नेछ र प्राड विवाकले आवश्यक जाँचबुझ गरी फैसला वा राय सदरको लागि क्रमशः दफा १०८, १०९ र ११० बमोजिमका अधिकारी समक्ष पठाउनु पर्नेछ ।
(२) समरी सैनिक अदालतबाट मुद्दाको पुर्पक्ष, कारबाही र किनारा भए पछि निर्णय सहितको मिसिल प्राड विवाकमा पठाउनु पर्नेछ र प्राड विवाकले आवश्यक जाँचबुझ गर्नेछ ।
(३) दफा १०५ बमोजिम विभागीय सजायको आदेश भएको अवस्थामा सजाय दिने अधिकृतले कारबाहीको मिसिलको प्रमाणित नक्कल दफा ११८ बमोजिमको अधिकारी समक्ष पठाउनु पर्नेछ ।